सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं– धितोपत्र बजारमा मंगलबार पनि सेयरको मूल्य दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ बिन्दुले बढेर एक हजार १ सय ९५ दशमलव ५४ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि मंगलबार तीन दशमलव ०६ बिन्दुले बढेर २ सय ५३ दशमलव ५५ बिन्दुमा पुगेको छ । स्टककाअनुसार कुल १ सय ५८ कम्पनीको आठ लाख ३५ हजार २ सय ३९ कित्ता सेयर ३९ करोड ७३ लाख ५५ हजार ५ सय ४० मा खरिद–बिक्री भए । 

स्टकका अनुसार कारोबार भएका ११ उपसमूहको सेयरमा वृद्धि भएको छ । बैंकिङ पाँच दशमलव ०४, व्यापार दुई दशमलव ८७, होटल ६ दशमलव पाँच, विकास बैंक १६ दशमलव ७५, जलविद्युत् ५२ दशमलव ७७, वित्त शून्य दशमलव ८९, निर्जीवन बिमा २ सय ३२ दशमलव ९२, उत्पादन दुई दशमलव ६५, अन्य ११ दशमलव ५५, माइक्रोफाइनान्स ५३ दशमलव ५४ र जीवन बिमा १ सय ९७ बिन्दुले वृद्धि भएको छ । 

नागरिक लगानी कोष, गरिमा विकास लघुवित्त वित्तीय संस्था, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, अरुण कावेली पावर, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, सांग्रिला डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् । 

सिद्धार्थ इक्विटी फन्ड, गण्डकी विकास बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट, गुर्खाज फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले बढी गुमाएका छन् । 





  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार १६:२०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया