एकनाथ शिन्दे बने महाराष्ट्रको मुख्यमन्त्री

भारतको महाराष्ट्रको मुख्यमन्त्रीमा एकनाथ शिन्देले शपथ लिएक छन् । उनी शिवसेना विद्रोही समूहका नेता हुन् । 

पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् । यसअघि फडणवीसले आफू सरकारमा सहभागी नहुने बताए पनि अन्तिममा राजभवनमा पुगेर शपथ लिए ।  

राजनीतिक संकटपछि बुधबार राति महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले पदबाट राजीनामा दिएका थिए । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार २१:४४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया