बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा अन्य थप ६ जना घाइते भएका छन् । सुर्मा गाउँपालिका–२ रातोपड भन्ने स्थानबाट सडकमा काम गरी घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति घट्टेखोलामा दुर्घटना हुँदा यात्रु २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो । चालक बिमल बोहरासहित ६ जना घाइते भएका छन् ।

ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए । घाइतेहरु सुर्मा – २ का खडक बोहरा, कबिराज बोहरा, कलक बोहरा, जयराज बोहरा र बिमल बोहराको तत्काल उद्धार गरि जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार ८:३२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया