अख्तियारको ‘निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीनजना प्रहरीको फन्दामा

महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग अख्तियारको ‘प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउपर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन् । प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ५ हजार ८०० भारुसमेत बरामद गरेको छ । तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।  





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार ९:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया