मन्त्री फेर्ने उपेन्द्र पक्षको निर्णय, नयाँ मन्त्रीका लागि प्रधानमन्त्रीसमक्ष सूची पेस

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने भएका छन् । उनले पुरानालाई फिर्ता बोलाउँदै नयाँ मन्त्री नियुक्ती गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सूचीसमेत पठाइसकेका छन् । 

केही दिनअघि मात्र नेकपा एकीकृत समाजवादीले पनि पुरानालाई फिर्ता बोलाउँदै नयाँलाई मन्त्री बनाएको थियो । सोहीअनुसार जसपाले पनि पुरानोको ठाउँमा नयाँलाई मन्त्री बनाउन खोजेको हो । 

पछिल्लो समय जसपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेकाले पनि यादवमाथि नयाँलाई मन्त्री बनाउनुपर्ने दबाब थपिएको बताइएको छ । जसपाबाट हाल सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव छन् ।

जसपा विभाजनको मुखमा पुगेका बेला उपेन्द्र पक्षले मन्त्री परिवर्तन गर्ने निर्णय गरेको हो । पछिल्लो समय पार्टीभित्र उनी र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको उत्कर्षमा छ ।

उपेन्द्रसँगको सम्बन्ध बिग्रिएपछि बाबुरामले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित अन्य नेताहरूसँगको भेटघाटलाई तीव्रतासमेत दिएका छन् । 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १०:१२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया