हब इन्टरनेसनलमा आइइएलटिएस र पिटिइका ‘एक्सक्लुसिभ’ कक्षाहरु

१६ वर्षदेखि विदेश अध्ययन गर्न जाने विद्याथीहरुलाई परामर्श दिँदै आएको बागबजारमा रहेकाे हब इन्टरनेसनल एजुकेसनले पछिल्लो समय उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई आवश्यक भाषा शिक्षाका तयारी कक्षाहरुमा नयाँ अफरहरु ल्याएको छ ।

अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, भारतलगायतका देशहरुका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको हबले यसअघि पनि आइइएलटिएस, पिटिइ, टोएफेल, जिआरइ, जिम्याटलगायतका कक्षाहरु सन्चालन गर्दै आएको थियो ।

पछिल्लो समय हबले प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आइइएलटिएस र पिटिइका कक्षाहरु सन्चालन गरेको हो । यसका लागि अहिले विहान सवेरैदेखि साँझ अबेरसम्म हबमा कक्षाहरु सन्चालन भइरहेको हबका अध्यक्ष उद्धव खड्काले बताए ।

‘क्वालिफाइड, अनुभवी तथा तालिमप्राप्त शिक्षकहरुले अहिले कक्षाहरु लिइरहनु भएको छ,’ खड्काले भने, ‘विद्यार्थीहरुलाई आइइएलटिएस र पिटिआइमा कसरी थप राम्रो गर्न सकिन्छ भन्ने कुरामा हामीले हाम्रा कक्षाहरुलाई केन्द्रित गर्दै आएका छौँ ।’

उनका अनुसार हबले विद्यार्थीहरुलाई थप राम्रो होस् भनेर ब्रिटिस काउन्सिलबाट पनि समयसमयमा यससँग सम्बन्धित व्यक्तिहरुलाई हबमा नै ल्याउने गरेको छ । पिटिइका म्यानेजरहरु पनि समयसमयमा आएर त्यहाँ विद्यार्थीहरुलाई समय दिने पनि हबले बताएको छ । 

पछिल्लो समय हबले आइइएलटिएस र पिटिइ पढ्न चाहने विद्यार्थीहरुका लागि विभिन्न अफर पनि ल्याएको छ ।



‘आइइएलटिएसका लागि हब एजुकेसनमा पढ्दा धेरै अफर छन्, उनीहरुको स्कोरिङका लागि पनि निकै राम्रो छ,’ खड्काले भने, ‘हाम्रो अफिसको वातावरणले पनि विद्यार्थीहरुलाई थप सिक्न प्रोत्साहित गर्छ ।’

आफूहरुसँग आइइएलटिएस र पिटिइका शिक्षकहरु विद्यार्थीमैत्री भएकाले पनि विद्यार्थीहरुले हबमा भाषा शिक्षणका कक्षाहरु लिँदा सबैभन्दा राम्रो हुने खड्काले बताएका छन् ।



शैक्षिक परामर्श क्षेत्रमा अनुभव प्राप्त नेपालका राम्रा र विश्वासिला परामर्शदातामध्ये एक भएकाले हब विदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि उचित गन्तव्य हुनसक्छ ।

  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १५:८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया