न्यायपालिकाको शुद्धीकरण आवश्यकता छ : कामु प्रधानन्यायाधीश कार्की

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले काम गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गरे । कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिका सुधारको लागि सरोकारवाला सबै निकाय कटिवद्ध हुनुनर्पे बताए ।

उनले छुट्टै कानून विश्वविद्यालयको आवश्यक्ता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिवद्धता जनाए ।

कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा विकृति र विसंगति आउन नदिन पाठ्यक्रममा पनि नैतिकता विषय समावेश गर्न आवश्यक रहेको बताए ।





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १९:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया