नेपाल खेलकुद महासंघको विराटनगर महानगर कमिटीले विराटनगरमा रोपाइँ एवं हिलोमा डोरीतान कार्यक्रम आयोजना गरेको छ ।
'आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन' कार्यक्रमअन्तर्गत खेलकुद महासंघ विराटनगर महानगर कमिटीले रोपाइँ एवं डोरीतान कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा नेकोस विराटनगरका अध्यक्ष विज्ञान चापागाईंसँगै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने, 'कृषिप्रधान देशमा बसैले कृषिलाई सम्मान गर्नुपर्छ त्यसैले यो कार्यक्रम आयोजना गरिएको हो ।'
त्यस्तै, महासंघका स्थायी कमिटी सदस्यहरु वाशु नेपाल, सन्तोषी श्रेष्ठ, महासंघका केन्द्रीय सचिवालय सदस्य एवं नेकपा एमाले विराटनगर महानगर कमिटी सचिव रोहित कोइराला, नेकपा एमालेका युवा नेता विजय कामत लगायतको सहभागिता रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।