अर्थविद् भन्छन् - नेपालको कर प्रणालीलाई व्यापक सुधारको आवश्यकता छ

वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कर प्रणालीलाई व्यापक सुधारको आवश्यकता भएको बताएका छन् ।

शुक्रबार आर्थिक पत्रकार समाज नाफिजले आयोजना गरेको ‘परिवर्तित राजश्व नीतिको उपभोक्तामा प्रभाव’ विषय अन्तरक्रियामा बोल्दै अर्थविद् अधिकारीले यस्तो बताएका हुन् । 

उनले नेपालको कर नीति भन्सारमा कर पुगेन भनेर अन्य वस्तुबाट बढी कर उठाएर रहेको बताए । अधिकारीले  विगत १० वर्ष देखि नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको बताए । 

उनले भने, ‘अहिले बजेटमार्फत करको नीति परिर्वतन भएको छ । व्युरोक्याटिभ र पोलिसी करप्सनको ट्रेन ७ देखि १० वर्षदेखि नै छ । पोलिसी करप्सन भइरहेको छ । परेको दिन कम्पनीको नाम, स्वार्थ समूह फलानो हो भन्दिन । तर त्यसको प्रविधि र समूह भन्नसक्छु र दफा दफामा बसेर छलफल गर्नसक्छु । यति कुरामा खाल गर्न सकिएन भने रेन्टटायर अर्थतन्त्रमा परिवर्तित भएर गएको छ ।’

अर्थविद् अधिकारीले करसम्बन्धी नीतिगत भ्रष्टाचारका विषयमा ख्याल गर्न नसक्दा नेपालको अर्थतन्त्र भाडा लिने अर्थव्यवस्थामा पुगेको दाबी गरे ।  
 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार २१:१६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया