सलाह थप तीन वर्ष लिभरपुलमै रहने

लिभरपुलका फरवार्ड मोहम्मद सलाहले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । प्रिमियर लिग क्लबले शुक्रबार सलाहले सम्झौता नवीकरण गरेको जनाएको हो ।

३० वर्षिय इजिप्टयन फरवार्डले थप तीन वर्ष एनफिल्डमै रहने गरि सम्झौता नवीकरण गरेका हुन् । अब उनी २०२५ सम्म लिभरपुलमै रहने छन् ।  २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल आएका सलाहले क्लबका लागि २५४ खेलमा १५६ गोल गरेका छन् । 

उनले लिभरपुलबाट च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र यूइएफए सुपर कपको उपाधि जितेका छन् । 





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार ७:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया