काठमाडौंको युएनपार्क नजिकै दुर्घटना, एकजनाको मृत्यु

काठमाडौंको युएनपार्क नजिकैको पुलमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति काठमाडौं महानगरपालिका–१० युएनपुल नजिकै सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको हो । 

बाग्मती प्रदेश ०२ ०२६ प ०६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका–१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो ।  





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार ६:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया