थाइल्याण्डलाई ९ विकेटले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ-थाइल्याण्डलाई ९ विकेटले हराउँदै नेपाल समूह विजेता बनेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले हराएको हो ।  

घरेलु टोलीले दिएको २० रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ३.३ ओभरमा पूूरा ग¥यो । नेपालका लागि ममता कुमारी चौधरीले ८ रन बनाउँदा नेरी थापाले ५ र डोली भट्टले २ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली नेपाली बलरसामू निरिह बन्दै १९ रनमा समेटिएको थियो। थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले ३ विकेट लिइन्। इन्दु बर्मा र सरिता मगरले २/२ विकेट लिँदा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले १/१ विकेट लिए। घरेलु टोलीका लागि तान्चानोक फोप्लुकले सर्वाधिक ४ रन बनाइन्। नेपालले अतिरिक्तबाट ५ रन दिएको थियो।

यो सँगै लगातार चार खेलमा जित निकालेको नेपाल समूह विजेताको रूपमा समिफाइनला पुगेको छ। प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स ‘युएइ’ यसअघि नै प्रवेश गरिसकेका थिए। समूह उपविजेताका रूपमा युएई सेमिफाइनलमा पुगेको छ ।

जारी प्रतियोगितामा चार खेल खेलेको नेपालले चारै खेलमा जित हात पार्दै ८ अङ्क जोडेको छ । युएईले चार खेलबाट ६ अङ्क जोडेको छ।


 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार ९:३७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया