चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५.२ म्याग्नेच्युटको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।
भूकम्पको गहिराई १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि सिनजियाङमा ४.३ रेक्टर म्याग्नेच्युटको भूकम्प गएको थियो । दुई महिनाअघि सिन्जियाङमा ५ म्याग्नेच्युटको भूकम्प गएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।