निर्माता हिरानी भन्छन्– प्रतिष्ठा कमजोर बनाउन ममाथि आरोप लगाइयो

एजेन्सी– पिके र मुन्ना भाइ एमबिबिएस जस्ता फिल्म निर्माण गरेका निर्माता राजकुमार हिरानीमाथि एक महिलाले यौन दुव्र्यहार गरेको आरोप लगाएकी छन् । 
‘सन्जु’ फिल्ममा हिरानीसँग काम गरेकी महिलाले एक वेभसाइटमा एक आलेख लेख्दै हिरानीको असिस्टेन्ट भएको बताएकी छन् । 

ती महिलाका अनुसार २०१८ को मार्चदेखि सेप्टेम्बरको बीचमा पटक पटक हिरानीले उनलाई यौन शोषण गरेका थिए । 

हिरानीले यो आरोप अस्वीकार गरेका छन् । यो सबै आरोप आफ्नो प्रतिष्ठालाई कमजोर बनाउन लगाइएको बताए । 

हिरानीले आरोप पछि प्रतिक्रिया दिँदै भनेका छन् ‘याे बारेमा थाहा भएपछि म स्तब्ध भए । मैले तत्काल यो विषयलिएर कुनै कानुनी संस्थामा जान सल्लाह दिए तर ती महिलाले कानुनी प्रक्रिया बढाउनुभन्दा मिडियामा जाने फैसला गरिन् । यो एक झुट, द्धेषपूर्ण र सरारतपूर्ण कहानी हो, जसको उद्देश्य मेरो छवि धमिल्याउनुबाहेक अरु केही छ्रैन् । ’ 

हिरानीका वकिल आनन्द देसाइले यो आरोप गलत र मानहानी गर्ने किसिमको भएको बताए ।

हिरानीभन्दा अगाडी बलिउडमा धेरै स्टारहरुलाई यौन शोषणको आरोप लागेको छ ।  



२०१८ को सेप्टेम्बरमा अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरविरुद्ध १० वर्ष अगाडी यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । अमेरिकाबाट सुरु भएको मिटु अभियान तनुश्रीले बलिउडमा सुरु गरिन् । 

हर्न ओके प्लीज फिल्मको शुटिङको क्रममा नाना पाटेकरले दुव्र्यवहार गरेको उनको आरोप थियो । तनुश्रीले प्रहरीमा यो मुद्दा दर्ता गराएपनि नाना पाटेकरले यो झुट भएको बताउँदै आएका छन् । 



६२ वर्षीय आलोकनाथ, अनु मलिक, विकास बहललगायतका बलिउडका चर्चित अनुहारहरुलाई यौन उत्पीडनको आरोप लागेको छ । 
 

  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १०:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया