सोनु निगमको हत्या गर्न चाहन्थे बाल ठाकरे – पूर्वसांसद निलेश

एजेन्सी– भारतको महाराष्ट्रका पूर्व मुख्यमन्त्री नारायण राणेका छोरा तथा पूर्वसांसद निलेशले शिवसेनाका संस्थापक स्वर्गीय बालासाहेब ठाकरेले गायक सोनु निगमको हत्याको षडयन्त्र बनाएको आरोप लगाएका छन् । 

निलेशले शिवसेना नेता आनन्द दीघेको मृत्युको कारण पनि बाल ठाकरे भएको आरोप लगाए । निलेशको यो आरोपप्रति ठाकरे परिवारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन् । 

मंगलबार रत्नागिरीमा निलेशले भने ‘मुम्बई प्रहरीलाई यो सबै थाहा छ, बाला साहेब ठाकरले सोनु निगमको हत्या गर्न शिवसैनिक पठाएका थिए ।’ निलेश भन्छन् ‘आनन्द दीघेको हत्या गर्न पनि शिवसेनालाई ठाकरेले आदेश दिएका थिए । यो सबै बाला साहेबको आदेशमा भएको जनतालाई थाहा छ ।’ 

शिवसेनाका सांसद विनायक राउतले निलेश पिता नारायण राणेले १० वर्षको राजनीतिक यात्रामा ९ जना मानिसको हत्या गरेको आरोप लगाएका थिए । राउतले २०१४ को लोकसभाको चुनावमा निलेशलाई हराएका थिए । 

निलेश र उनका पिता नारायण पहिला कंग्रेसका नेता थिए । दुवैले एकैसाथ पार्टी छोडेर महाराष्ट्र स्वाभिमान पक्ष नामको पार्टी स्थापना गरे । निलेश २०१७ सम्म कंग्रेसमा रहे र पछि महाराष्ट्र स्वाभिमान पक्षमा सहभागी भए । 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १२:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया