‘नयाँ मन्त्रीहरूको सपथ आज हुनसक्छ’

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सिफारिस भएका तीन जना मन्त्रीको सम्भवतः आजै सपथ हुने भएको छ । आइतबार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रिमण्डलमा सिफारिस गरेलगत्तै सोमबार नै सपथ गराउन लागिएको हो ।

‘मन्त्रीका लागि तीन जनाको सिफारिस प्रधानमन्त्री कार्यालयमा आएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘सम्भवत आजै सपथ हुनेछ ।’ 

उनका अनुसार अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरी तीन मन्त्री  फिर्ता बोलाउने र उक्त स्थानमा तीनजनालाई मन्त्री बनाउने पत्र पार्टीका तर्फबाट बुझाएका छन ।

राजेन्द्र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयमा थमौती गर्दै भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीप यादवलाई सिफारिस गरिएको छ । 

सो सिफारिससँगै भौतिकमन्त्री रेणुकुमारी यादव, कृषि मन्त्री महेन्द्रराय यादव र वन मन्त्री रामसहयाय यादव फिर्ता हुनेछन् । 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार ९:२८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया