जलस्तर बढेसँगै कैलालीका नदीमा देखिन थाले डल्फिन

कैलालीका नदीहरूमा जलस्तर बढेको छ । जिल्लाको मोहना, पथरैया, कांडालगायतका नदीमा जलस्तर बढेको हो । जलस्तरबढेसँगै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन देखिन थालेका छन् । 

यस वर्ष कम्तीमा ठूला र सानागरी ११ वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए । उनले नदीमा पानी बढेपछि मोहना र पथरैया नदीको दोभानमा ८ वटा वयस्क र तीनवटा बच्चा डल्फिन देखिएको जानकारी दिए ।

‘डल्फिन खेल्नका लागि अझै पनि नदीमा पानी पर्याप्त छैन’, उनले भने, ‘तर, अब नदीमा डल्फिनको संख्या थपिँदै जाने अपेक्षा गरेका छौं ।’ मज्जाले नजिकैबाट डल्फिन देख्न पाइने उक्त दोभानहरू टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोल नजिक पर्दछ । 

गत वर्ष १ असारबाट नै डल्फिन देखिन थालेका थिए । तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले १५ असारदेखि कैलालीको नदीहरूमा डल्फिन देखिन थालेका हुन् ।

मनसुनभरि नै यहाँको नदीमा डल्फिन देख्न सकिन्छ । कर्णाली नदीको रैथाने र भारतको घांघरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ । मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जलप्राणी हुन् । 

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ । विश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरूमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरू बताउँछन् । 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १२:३३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया