आमहड्तालकाे प्रभाव
खेलाडीलाई फास्ट फुड खुवाउँदै ट्रम्पले भने– हाम्रा सेफहरू छुट्टीमा छन्

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक कलेजको फुटबल टिमलाई सम्मानित गर्न डिनरका लागि ह्वाइट हाउस बोलाएका थिए । तर डिनरमा खेलाडीलाई फास्ट फुड दिइयोे । यसको कारण थियो अमेरिकामा जारी आम हड्ताल ।  

ट्रम्पले डिनरभन्दा अगाडी फुटबल टिमसँग सटडाउनका कारण सेफहरु छुट्टीमा रहेकाले खाना तयार गराउन नसकेको बताएका थिए । 

डिनरमा म्याकडोनाल्ड, डोमिनाजबाट ल्याइएका बर्गर, पिज्जा र अन्य फ्राइ खानाले खेलाडीहरुलाई अचम्ममा पार्याे । यी खानाका लागि ट्रम्पले आफ्नो खल्तीबाट पैसा तिर्नु पथ्र्यो । 

खेलाडीका लागि वातावरण अनुकुल बनाउन राष्ट्रपतिले डिनर सुरु हुनुभन्दा अगाडी चर्को आवाजमा ‘ग्रेट अमेरिकन फुड’ भनेका थिए । 

ह्वाइट हाउसकी प्रेस संयोजक सारा सेन्डर्सले बताएअनुसार राष्ट्रपति क्लेमसन टाइगर कलेजको फुटबल टिमका लागि एक रमाइलो डिनरको आयोजना गर्न चाहेका थिए । तर स्टाफको छुट्टीका कारण बाहिरबाट खाना मगाउन पर्यो । तर पनि सबैलाई मन पर्ने खानेकुराहरु मगाइएको साराको भनाई थियो ।  

अमेरिकी सरकार पछिल्लो २४ दिनदेखि हड्तालबाट प्रभावित छ । अमेरिकी इतिहासमा यो सबैभन्दा लामो हड्ताल हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारीको तलब बजेटमा हस्ताक्षर नगर्दा ८ लाख भन्दा बढी कर्मचारी छुट्टीमा छन् ।



ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल बनाउन संसदसँग फन्डको माग गरिरहेका छन् । तर विपक्षी पार्टी उनको योजनामा सहमत छैन् । जसका कारण २२ डिसेम्बरदेखि आंशिक हड्तालमा अमेरिका चलिरहेको छ । 
 


 



  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १३:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया