शिक्षक सेवा आयोगको परीक्षामा एसईईको उत्तरपुस्तिका प्रयोग, अन्योलमा विद्यार्थी

शिक्षक सेवा आयोगले ११ र १३ असारमा लिएको निम्न माध्यामिक तह र प्राथमिक तहमा थप उत्तरपुस्तिका अभाव भएको छ । उत्तरपुस्तिका अभाव हुँदा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिकामा लेख्न लगाइएको छ ।

हेटौंडाको ज्ञानदा मावि, सरस्वती मावि, भुटनदेवि माविलगायतका परीक्षा केन्द्रमा थप उत्तरपुस्तिका अभाव भएको थियो । त्यस्तै, प्रदेश–१, मधेश, र गण्डकी प्रदेशका परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को थप उत्तरपुस्तिकामा लेख्न लगाइएको थियो ।

परीक्षा सकिए पनि परीक्षार्थीहरू भने उत्तरपुस्तिका परीक्षण हुन्छ वा हुँदैन अन्योलमा छन् । आयोगले तयार पारेको थप उत्तरपुस्तिका अभाव भएको भन्दै एसईईको उत्तरपुस्तिकामा लेख्न लगाइएको परीक्षार्थीको गुनासो छ ।

पोखराको नविन मावि परीक्षा केन्द्रमा रहेकी परीक्षार्थी भवानी भट्टराई भन्छिन्, ‘हाम्रो सेन्टरमा पछि थप्नेलाई अर्को सकियो, अब यही हो भन्दै बाँड्थे । मैले पनि त्यही थपेको हो । 

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठा भने त्तरपुस्तिका अभाव नभएको जिकिर गर्छन् । ‘उत्तरपुस्तिका अभाव भएको छैन । प्रदेश–१, मधेश प्रदेश र गण्डकी प्रदेशका परीक्षा केन्द्रमा थप उत्तरपुस्तिका अभाव हुने सम्भावना देखिएको भन्दै हामीलाई जानकारी आएपछि प्रशस्त उत्तरपुस्तिका पठाएका छौँ,’ उनले भने ।  



आयोगको भन्दा बाहिरको उत्तरपुस्तिकामा लेख्न लगाइएका परीक्षार्थीको उत्तरपुस्तिका के हुन्छ भन्ने प्रश्नमा मरहट्ठा भन्छन्, ‘कहीँ कतै यस्तो कमजोरी भएको रहेछ भने म सम्बन्धित प्रदेशका निर्देशकहरूबाट बुझ्छु । त्यस्तो अवस्था नै आएको हो भने उत्तरपुस्तिका परीक्षण हुन्छ । परीक्षार्थीहरूलाई चिन्ता नलिन अनुरोध गर्दछु । आगामी दिनमा कमजोरी हुन नदिनेमा हामी सचेत भएका छौँ ।’ 



  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १४:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया