सचिव कुटपिटको घटनाको यथार्थ सार्वजनिक गर्न कांग्रेस नेताको माग

जनकपुरधाम– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिलामन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सचिवलाई कुटपिट गर्नु गैरकानुनी कार्य भएको बताए । 

पूर्वमन्त्री जोशीले यस्ता गलत कार्यले लोकतन्त्र र संघीयताको भविष्यमाथि नै प्रश्नचिह्न लगाउने बताउँदै पूर्वमन्त्री जोशीले संविधानले दिएको स्वाभिमानको निश्चितता र सुरक्षाको जिम्मेवारी बहन सबैले गर्नुपर्ने बताए । 

नेपाली कांग्रेस धनुषा जिल्ला सभापति महेशशंकर गिरीले प्रदेशका मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको आफ्नो पार्टीले भर्त्सना गर्ने बताउँदै त्यस्ता मन्त्रीलाई तुरुन्त बर्खास्त गरिनुपर्ने माग गरे । 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १४:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया