मन्त्रीहरु हेरफेर गर्ने निर्णय स्वागतयोग्य : सांसद साह

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले मन्त्रीहरु हेरफेर गर्ने पार्टीको निर्णय स्वागतयोग्य भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले यस्तो बताएका हुन् । 

पार्टीले मन्त्रीहरु बनाउँदा समावेशी बनाउन नसकेको उल्लेख गर्दै उनले मन्त्री हेरफेर गर्न पार्टी अध्यक्षलाई अधिकार दिइएबमोजिम निर्णय भएको बताए । उनले भने,‘पार्टी अध्यक्ष र शीर्षस्थ नेतृत्वले निर्णय गर्ने अधिकार दिएको थियौँ । त्यही अनुसार निर्णय भएको छ । स्वागतयोग्य निर्णय छ ।’

पार्टी फुटाउन जरुरी नभएको बताउँदै उनले पार्टी फुटाउनु लोकतन्त्रलाई कमजोर पार्नु भएको बताए । 
 





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार १८:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया