‘दह्रो घर, दिगो बस्ती’ नाराका साथ भूकम्प दिवस

विराटनगर– ‘दह्रो घर, दिगो बस्ती’ प्रमुख नाराका साथ विराटनगरमा २१औँ राष्ट्रिय भूकम्प दिवस विविध कार्यक्रमसहित मनाइयो । जिल्ला प्रशासन कार्यालय मोरङको आयोजनामा सो कार्यक्रम भएको हो । 

कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका सल्लाहकार सूर्यभक्त साँगाछे, संघीय मामिला कार्यान्वयन एकाइका प्रमुख काशी गुप्ता र विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले भूकम्पबाट जनधनको क्षतिलाई न्यूनीकरण गर्ने विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।  

कार्यपत्रमा विगत ४६ वर्षदेखि विपदबाट नेपालमा २५ हजार ८ सय ४९ जनाको ज्यान गएको र आठ लाख ३५ हजार घर ध्वस्त भएको जनाएको छ । विसं १९९० मा आएको विनाशकारी भूकम्पले धेरै जनधनको क्षति गरेको र २०७२ वैशाख १२ गते आएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा नौ हजार मानिसको ज्यान गएको थियो भने २२ हजार मानिस धाइते भएका थिए । 

यस भूकम्पमा आठ लाख घर ध्वस्त भएको, पाँच हजार विद्यालयमा क्षति पुगेको र करिब १० अर्ब अमेरिकी डलरबराबरको धनसम्पत्ति क्षति भएको देखाएको छ । 

सो अवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भूकम्प आफैँमा विनाशकारी नभएको र मानिसले बनाइएको कमजोर संरचनाबाट क्षति हुने भएकाले यसतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए । 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १४:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया