प्रधानमन्त्रीको दोहोरो भूमिकाका कारण डा. केसी अनशन बस्नुपर्यो : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो भूमिकाका कारण डा. गोविन्द केसी अनशन बस्नुपर्ने बाध्यता आएको निष्कर्ष निकालेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा यसअघि केसीसँग सम्झौता भए पनि ओलीले सम्झौताअनुसार काम नगर्दा उनी फेरि अनशन बस्नुपरेको निष्कर्ष सार्वजनिक गर्यो ।

आठ दिनदेखि इलाममा अनशनरत डा. केसीसँग सरकारले यसअघि गरेका सम्झौता र उनका मागका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न कांग्रेसले विज्ञप्ति जारी गरेको हो । 

शुशील कोइराला प्रधानमन्त्री भएका वेला माथेमा कार्यदल गठन गरिएको र सोही कार्यदलको प्रतिवेदनअनुसार शेरबहादुर देउवा नेतृत्वको सरकारले चिकित्सा शिक्षा विधेयक बनाएको भन्दै कांग्रेसले केसीले उठाएका माग जायज भएको उल्लेख गरेको छ ।

‘राज्यले आफ्नै एकांगी बुझाइलाई केन्द्रमा राखेर हठ गरेर होइन, विज्ञहरुको अध्ययनको निष्कर्षलाई आत्मसात् गरेर समाधान पहिल्याउनुपर्दछ भन्ने हाम्रो प्रस्ट आग्रह र खुला माग छ,’ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले संसद्मा प्रस्तुत गरेको चिकित्सा शिक्षा विधेयकमा समर्थन नगर्ने पनि उसले बताएको छ । सरकारले जनचाहनालाई कुल्चिँदै बहुमतको हिसाबमा विधेयक पास गरेर मुलुकलाई निकास दिन नसक्ने कांग्रेसको ठम्याइ छ । 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १७:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया