गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाताको माग

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी छिन् । 

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको स्व नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरको जुटमिलमा रहेको १४ कट्ठामा बनेको भवनलाई गिरिजाप्रसाद कोइरालाका नाममा संग्रहालय बनाउन माग गरेकी हुन्।

उक्त भवनमा अहिले पनि ऐतिहासिक सामग्री रहेको उल्लेख गर्दै उनले त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताइन्। 

आफ्ना पितासमेत रहेका पूर्वप्रधानमन्त्री कोइरालाको नाममा संग्रहालय बनाउन सके नेपाली कांग्रेसका लागि ठूलो इतिहास बन्ने उनको दाबी छ । 





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार २०:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया