माओवादी केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी चयन हुने सम्भावना

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो । 

मंगलबार बैठक स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वस्थायी समिति सदस्यहरूसँग आफ्नो खुमलटारमा छलफल गरेका थिए ।
बैठकले पदाधिकारीलगायत छनोट गरी घोषणा गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

आजको बैठकमा प्रचण्डले पार्टी पदाधिकारी तथा स्थायी समिति सदस्यहरूको नाम प्रस्ताव गर्ने र ती नाम पारित हुने सम्भावना छ । माओवादीले गत पुसमा महाधिवेशन गरे पनि पदाधिकारी चयन गर्न सकेको थिएन । माओवादीमा महासचिवका लागि वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल,  शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेललगायत आकांक्षी छन् ।   

माओवादी केन्द्रीय समिति बैठक आइतबारदेखि जारी छ ।  





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ८:४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया