८ दिन लम्बियाे नेवि संघ केन्द्रीय कार्यसमितिको म्याद

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको म्याद ८ दिन लम्बिएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ माघ १० गते बस्ने बैठकले निर्णय गरे अनुसार हुने गरी दैनिक कार्य संचालन गर्न गराउन निर्देशन गरिएको’ उल्लेख छ । 

विज्ञप्तिअनुसार, माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरेबमोजिम हुनेगरी तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिइएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ मंसिर २ गतेको बैठकको निर्णयबाट थप गरिएको २ महिनाको पदावधि सकिएसँगै बुधबार राति १२ बजेपछि नेवि संघको केन्द्रीय समिति स्वतः भंग हुँदै थियो । 

पटक–पटक म्याद थप्दा पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेवि संघभित्र विवाद चर्किएको छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेवि संघको अधिवेशन सम्पन्न भइसकेको छ ।





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १८:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया