अर्थमन्त्री प्रकरणमा एमालेसँग संवाद गर्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माको विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर निष्कर्षमा पुग्ने भएको छ । आज बिहान बसेको माओवादीका स्थायी कमिटीका पूर्वसदस्यको बैठकले यस्तो निर्णय गरेको हो । 

छलफलमा प्रचण्डले अर्थमन्त्री प्रकरण बढ्दै गएको भन्दै यस विषयमा एमालेसँग छलफल गर्ने बताए । ‘प्रमुख प्रतिपक्षी एमालेसँग कुरा गरेर अगाडि बढ्ने कुरा हुन्छ,’ प्रचण्डको भनाइ उदृद गर्दै माओवादी केन्द्रीय सदस्य हरिबोल गजुरेलले भने । 

बैठकमा अर्थमन्त्री शर्माले पनि आफ्ना कुरा राखेका थिए । उनले आफू निर्दोष भएको दाबी गरे । ‘उहाँले आफू निर्दोष रहेको बताउनुभयो,’ गजुरेलले भने । 

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको र अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा सिसिटिभी फुटेज डिलिट गराइएको आरोप लागेको छ ।  





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ११:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया