गोरखाको छोप्राकमा बस दुर्घटना, २० जना घाइते

चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेकतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । छोप्राकको राम्चेचौतारा नजिकै ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा पल्टेको हो । 

घाइतेमध्ये सात जनालाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका पवन पोखरेलका अनुसार घुम्तीबाट बस पछाडि हटेर सडकमा पल्टिएको थियो ।  





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १३:५७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया