डा. केसीलाई ‘कम्युनिस्ट फोबिया’ छ – योगेश भट्टराई

इलाम– सत्तारुढ दल नेकपाका नेता योगेश भट्टराईले इलाममा अनशनरत डा. गोविन्द केसी कम्युनिस्टको विरुद्धमा लागेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले आज आयोजना गरेको अन्तरक्रियामा योगेशले डा. गोविन्द केसीलाई ‘कम्युनिस्ट फोबिया’ भएको बताए ।  

विगतमा डा. केसीसँग भएका अधिकांश सम्झौता कार्यान्वयन भएको भन्दै उनले संसद्मा रहेको विधेयक सबै पार्टीसँग लामो समय छलफल गरेर समितिबाट पारित भएको बताए । 

‘राजतन्त्र फ्याँक्ने बेलामा राजा ज्ञानेन्द्रलाई पनि संसद्को निर्णय मान्य भयो भने अहिले डा. गोविन्द केसीलाई चाहिँ त्यही संसद्ले गरेको निर्णय किन मान्य हुँदैन ?’ उनले प्रश्न गरे । 

चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयकको अध्ययन नै नगरी डा. केसी अनशन बस्न इलाम आएका भन्दै प्रतिनिधिसभा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयक समितिका सदस्यसमेत रहेका योगेशले भने, ‘तपाईंहरू डा. गोविन्द केसीलाई तटस्थ व्यक्ति भन्दै हुनुहुन्छ होला, तर कदापि त्यो भ्रममा नपर्नुहोला ।’ 

‘चुनावका बेला चारतारे झन्डा बोकेर हिँड्ने व्यक्ति तटस्थ हुँदैन,’ उनले भने, ‘डा. केसीले भनेबमोजिम विधेयकमा उपत्यकाभित्र १० वर्ष मेडिकल कलेज नखोल्ने, मेडिकल कलेज स्थापनाका लागि ३ सय शय्याको र डेन्टल तथा नर्सिङका लागि १ सय शय्याको अस्पताल अनिवार्य र त्यो अस्पताल तीन वर्ष सञ्चालन भएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।’ 

डा. केसीको ‘मेडिकल कलेज स्वेत बनाउन खोजेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै उनले कालो धनबारे अनुगमन गर्न सम्बन्धित निकाय भएकाले डा. केसीले यसबारेमा बोल्नु उचित नभएको टिप्पणी गरे । 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार २१:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया