माओवादी केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने सम्भावना

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार र बुधबार स्थगित बैठक आज बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।  

आजको बैठकमा केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असार १९ र २० गते केन्द्रीय सदस्यले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन् ।

साथै, पूर्वस्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने सम्भावना छ । उनी सहमतिमै पदाधिकारी चयन गर्ने तयारीमा छन् ।  

माओवादीले गत पुसमा महाधिवेशन गरे पनि पदाधिकारीको टुंगो भने लगाउन सकेको छैन ।  





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार ७:३४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया