काठमाडौंको दुई स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सानोभर्याङ र शंखरापुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
सानोभर्याङमा आज बिहान २ बजे बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिदा स्कुटरको पछाडि सवार चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएको हो । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।
त्यस्तै, काठमाडौंको शंखरापुर नगरपालिका–९ खुमलटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।