भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा बिहीबार साँझ सो दुर्घटना भएको हो । 

प्रहरीकाअनुसार भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा६७प ८४२२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

सख्त घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाइते बस्नेतलाई भक्तपुर अस्पतालपछि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मिनी ट्रकचालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ । 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार २१:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया