बूढीगंगा मतगणना अपडेट: १ हजार मत गन्दा एमालेको अग्रता कायमै
फाइल तस्वीर

बूढीगंगा नगरपालिकाको मतगणना जारी रहेको छ । अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ । दुवै वडा गरेर अहिलेसम्म १ हजार मतगणना सकिएको बूढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

मेयर उपमेयर दुबैमा एमाले अगाडि देखिएको छ । सुरुवादीदेखि नै एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमाले मेयरमा ९३ मत र उपमेयरमा ८० मतले अगाडि छ । अहिलेसम्म १ को ४ सय र १० को ६ सय मतको नजिता सार्वजनिक भएको हो । 

१ हजार मत गन्दा मेयरमा ५२० मत ल्याउँदै एमालेका उम्मेदवार पहिलो स्थानमा रहेका छन् भने कांग्रेस ४२७ मतका साथ दोस्रो स्थानमा छ । यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याएको छ भने कांग्रेसले ४३५ मत पाएको छ । 

यस्तै वडामा पनि एमालेका उम्मेदवार नै अगाडि छन् । वडा नं १०  अध्यक्षमा एमालेका उम्मेदवारले ३ सय १४ मत ल्याएका छन् भने कांग्रेसले २४७ मत ल्याएका छन् । यस्तै १ मा एमालेले १८४ मत ल्याएका छन् । भने काँग्रेसले १ सय ७९ मत ल्याएका छन् ।   

१ नम्बरमा १३ सय २६ मतदातामध्ये ८ सय ३१ र १० मा १७ सय ७८ मतदातामध्ये ११ सय ९ मत खसेको थियो । यो समाचार तयार पार्दासम्म १ मा ४ सय ३१ र १० मा ५ सय ९ मत गणना हुन बाँकी छ । 

१३ हजार ६ सय ५९ मतदाता रहेको यहाँ ९ हजार ११७ जनाले मत खसालेको निर्वाचन कार्यालयले बताएको छ । गणना भएका दुबै वडामा दुबै पार्टीको कडा प्रतिस्पर्धा रहेको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा १ मा कांग्रेसका उम्मेदवार र १० मा एमालेका उम्मेदवार झिनो मतले विजयी भएका थिए ।



गणना हुन बाँकी रहेका ४ र ८ मा कांग्रेसको पकड क्षेत्र मानिन् भने २, ३, ६ र ९ मा एमालेको पकड छ । ५ र ७ मा कांग्रेस एमालेबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गएको स्थानीय तह निर्वाचनमा प्रमुख/उपप्रमुख कांग्रेसले जिते पनि २, ३, ५, ६, ९ र १० मा एमालेले जितेको थियो भने १, ४ र ७ र ८ मा कांग्रेसले जितेको थियो । 

यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । यस्तै, उपमेयरमा कांग्रेसबाट रीता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।



  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार २१:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया