फ्रेन्च डिफेन्डर लेन्ग्लेट इंग्लिस क्लब टाेटेनहममा अनुबन्ध

टोटेनहमले स्पेनिस क्लब बार्सिलाेनाबाट फ्रेन्च डिफेन्डर क्लेमेन्ट लेन्ग्लेटलाई अनुबन्ध गरेको छ । ​इंग्लिस क्लब टोटेनहमले लेन्ग्लेटलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । 

बार्सिलोनाले स्थायी खेलाडीको रूपमा अनुबन्धका लागि विकल्पसमेत दिएको छ । २७ वर्षीय सेन्टर ब्याक लेन्ग्लेट सन् २०१८ मा अर्काे ला लिगा क्लब सेभियाबाट बार्सिलाेना आएका थिए  ।

उनले क्लबका लागि १०५ ला लिगा खेलमा चार गोल गरेका छन् । क्याम्प नाेउमा रहँदा उनले उनले ला लिगा र कोपा डेल रे जिते । लेन्ग्लेटले फ्रान्सका लागि १५ खेल खेलमा एक गोल गरेका छन् ।





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार ७:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया