माओवादीको पोलिटब्युरोमा गण्डकी प्रदेशका २१ जना मनोनीत

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पोलिटब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनीत भएका छन् । १२५ जनाको पोलिटब्युरोमा गण्डकीका २१ जना परेका हुन् ।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिटब्युरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, कृष्ण धिताल पनि समेटिएका छन् ।

राजकाजी गुरुङ, अमर तमु, परशुराम रम्तेल, सुशिला सिंखडा, बलावती शर्मा, चुडामणि खड्का, किसान शर्मा र कपिल लामा पोलिटब्युरो बनेका हुन् । तीमध्ये अधिकांश गोरखाका छन् । पोलिटब्युरोमा ९ जना गोरखाबाट समावेश गरिएका छन् ।

गत स्थानीय निर्वाचनमा माओवादीले गोरखामा पुरानो विरासत फर्काएको छ । ११ स्थानीय तहमध्ये ९ पालिकामा चुनाव जितेको थियो । माओवादीले गण्डकीका ८५ मध्ये ११ पालिका प्रमुख र १९ पालिकामा उपप्रमुख चुनाव जितेको छ ।    





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार ११:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया