अजिङ्गरले जिउँदै बाख्रा खायो

चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो । अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ । 

अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो । अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए ।





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार ८:२४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया