स्वास्थ्य बिग्रिएपछि डा. केसीलाई काठमाडौं ल्याइँदै

काठमाडौं– आमरण अनसनरत डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याइँदैछ । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि र इलाममा उपचार सम्भव नभएपछि काठमाडौं ल्याइने भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गर्दा आफूसँग भएका सम्झौता उल्लघंन गरिएको भन्दै डा केसी ९ दिन यता इलाममा अनसनरत थिए । केही दिनअघि मात्र उनलाई अनसन स्थलबाट अस्पताल लगिएको थियो । तर, बिहिबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकले जुनसुकै बेला दुर्घटना हुने चेतावनी दिएका थिए ।

तर, रात परेकाले इलाममा हेलिकोप्टर ल्यान्ड गर्न सकिने अवस्था नभएकाले डा. केसीलाई भद्रपुरसम्म एम्बुलेन्समा लगेर त्यहाँबाट हेलिकोप्टरमा काठमाडौं ल्याइने भएको हो ।





  • प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार २२:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया