ट्रम्पलाई किमको चिठी लिएर उत्तर कोरियाली अधिकारी अमेरिका उडे
किम याेङ–चुल, जसले यसअघि पनि किमकाे चिठी ट्रम्पलाई पुर्याएका थिए ।

एजेन्सी– उत्तर कोरियाका एक वरिष्ठ अधिकारी अमेरिकी अधिकारीहरुसँग भेट्न वासिङ्टनका लागि उडान भरेको दक्षिण कोरियाली सन्चारमाध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाली सन्चारमाध्यमका अनुसार किम योङ–चोल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जङ उनले लेखेको चिठी लिएर अमेरिका लागेका हुन् । 

उनले अमेरिकामा विदेशमन्त्री माइक पोम्पिओलाई भेट्ने अनुमान गरिएको छ । योसँगै ट्रम्प र किमको दोस्रो भेट छिट्टै हुने सम्भावना बढेको अनुमान गरिएका छन् । यसअघि नै पनि यी दुई नेता भियतनाममा भेट्ने तयारी भएको समाचार बाहिर आइरहेका छन् ।

गत जुनमा सिङ्गापुरमा भेटेपछि उत्तर कोरियामा आणविक साइटहरु रोक्ने सहमतिमा केही विकास भएको अनुमान गरिएको छ । योसँगै ट्रम्प र किम एकअर्कासँग भेट्ने अनुमान पनि बढेको छ । 

केही दिनअघि किम चिनियाँ राष्ट्रपति भेट्न पुगेकाले उनको र ट्रम्पको भेट हुने अनुमानलाई थप बल पुगेको छ । यसअघि सिङ्गापुरमा ट्रम्पसँग भेट्नु भन्दा पहिले पनि किम चीनको भ्रमणमा गएका थिए ।

किम योङ–चोलले यसअघि पनि किम र ट्रम्पको भेटअघि वासिङटनमा ट्रम्पलाई किमको चिठी पुर्याएका थिए । यसअघि किमले चोलसँग पठाएको चिठी पाएपछि नै झन्डै अवरुद्ध भइसकेको वार्तालाई ट्रम्पले निरन्तरता दिएका थिए ।





  • प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार २३:४८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया