लेखक शिवानी सिंह थारूले सार्वजनिक गरिन् यौन दुर्व्यवहारको घटना

१५ असारमा एक महिला लेखकले अर्का लेखक संगीत स्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाइन् । ती लेखकले शनिबार साँझ सामाजिक सञ्जालमा सवा दुई घण्टा फेसबुक लाइभ गरेरले आफूमाथि दुर्व्यवहार भएको विवरण सार्वजनिक गरिन् ।  

लेखक स्रोतामाथि यौन दुर्व्यवहारको आरोप लागेको हप्तादिन नहुँदै अर्की एक लेखक तथा कलाकारले पनि आफूमाथि यौन दुर्व्यवहार भएको घटना सार्वजनिक गरेकी छन् । सोमबार ट्विटरमार्फत लेखक तथा कलाकार शिवानी सिंह थारूले आफूमाथि पनि एकजना गायकले यौन दुर्व्यवहार गरेको उल्लेख गरेकी हुन् । 

उनले आफू सुतिरहेको ओछयानमा अचानक आएर दुर्व्यवहार गरेको उनले उल्लेख गरेकी छन् । यद्यपि थारूले अहिलेसम्म यो घटना सार्वजनिक नगरेको पनि बताएकी छन् । लेखक संगीत स्रोतामाथि एक महिला लेखकले लगाएको आरोपमा उनले समर्थन पनि गरेकी छन् ।

‘आफू सुतिरहेको ओछयानमा सुटुक्क सुत्न आएको दुर्व्यवहार मैले पनि एकजना ‘दाइ’ गायकको चुपचाप सहेको छु, केही नभए झैँ भोलिपल्ट उनीसितै काम गरेको छु र मेरै गल्ती होला भनेर यतिका दिन नभनेर बसेको छु । त्यसैले सरिता जी म तपाइँको साथमा छु,’ थारूले लेखेकी छन् ।  

उनले आफूलाई यौन दुर्व्यवहार गर्ने व्यक्तिको नाम भने उल्लेख गरेकी छैनन् । उनले दुर्व्यवहार गर्नेलाई एकजना ‘दाइ’ गायक भनेकी छन् ।   



थारू ‘काठमाडौंमा एकदिन’ उपन्यासकी लेखकसमेत हुन् । नेपाल टेलिभिजनको कार्यक्रम ‘मेरो गित मेरो सन्देश’ र ‘मूल्यांकन’ की  प्रस्तोतासमेत रहेकी उनले बिबिसीको रेडियो नाटक ‘कथा मिठो सारंगीको’मा लेखक र निर्देशकको रूपमा पनि काम गरिसकेकी छन् ।

उनले लेखेको नाटक ‘भर्चुअल रियालिटी’ भारतको नेशनल स्कुल अफ ड्रामाको नवौं नाट्य महोत्सवमा पनि मञ्चन भइसकेको छ ।   



  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १२:११:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया