बागमती : यातायात पूर्वाधार निर्देशनालयले खर्चियो मात्रै ७ अर्ब ४२ करोड बजेट

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय र मातहतका कार्यालयका लागि चालु आर्थिक वर्षमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले १२ अर्ब १२ करोड ९ लाख ६६ हजार रुपैयाँ बजेट छुट्याएको मध्यमा ७ अर्ब ४२ करोड ७१ लाख ७८ हजार २९७ रुपैयाँ मात्र खर्च गरेको छ । 

जसमध्ये निर्देशनालय हेटौंडा र यस मातहतका कार्यालयले चालु आर्थिक वर्षका लागि छुट्याएको बजेटमा ६१ दशमलब २८ प्रतिशत मात्र खर्च गरेको छ । 

बागमती प्रदेश सरकारको सबैभन्दा बढी रकम यातायात पूर्वाधार निर्देशनालय र मातहतका कार्यालयमार्फत गरिँदै आएको छ । तर, यस कार्यालय मातहतका कार्यालयले पठाएको रकममध्येमा धेरै रकम खर्च गर्न नसकेका हुन् । 

चालु आर्थिक वर्षमा प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले भने ६१ दशमलब २८ प्रतिशत खर्च गर्न सफल भएको सूचना अधिकारी हरिप्रसाद ओझाले बताए ।

निर्देशनालयका लागि विभिन्न ठूला पूर्वाधारका काम गर्नका लागि भनेर चालु आर्थिक वर्षमा ५५ करोड ७९ लाख ३२ हजार रुपैयाँ उपलब्ध गराइएको थियो । त्यसमध्येमा ४९ करोड ४४ लाख ४ हजार २ सय ४५ रुपैयाँ खर्च गरिएको पाइएको छ ।

त्यसैगरी पूर्वाधार विकास कार्यालय चितवनले ५९ दशमलब ८४ प्रतिशत मात्र खर्च गरेको छ । पूर्वाधार विकास कार्यालय ललितपुरले ५७ दशमलब ४८ प्रतिशत, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले ५३ दशमलब ९६ प्रतिशत, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले ६० दशमलब २९ प्रतिशत खर्च गरेको छ । 



त्यस्तै, पूर्वाधार विकास कार्यालय रामेछापले ५४ दशमलब ९९ प्रतिशत, पूर्वाधार विकास कार्यालय नुवाकोटले ६० दशमलब ८५ प्रतिशत, प्रादेशीक सडक डिभिजन कार्यालय धादिङले ५७ दशमलब १४ प्रतिशत, प्रादेशीक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८ दशमलब २१ प्रतिशत मात्र रकम खर्च गरेको निर्देशनालयले जनाएको छ ।



  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १५:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया