सायल गाउँपालिका पूर्वअध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका पूर्व अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

निवर्तमान गाउँपालिका अध्यक्ष गणेशबहादुर बोगटी, तत्कालिन निमित्त प्रमुख नवराज सापकोटा, तत्कालिन इन्जिनियर किरण सागर भण्डारी, तत्कालिन लेखापाल दीपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्मा कुमारी बोगटी  (खड्का) विरुद्ध अख्तियारमा मुद्दा दायर भएको हो । 

उनीहरूले १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रवक्ता भण्डारीका अनुसार दायर गरिएको मुद्दामा प्रत्येकसँग १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ बिगो दाबी गरिएको छ । आर्थिक वर्ष २०७६–०७७ मा विनियोजन रकमबाट मेल्लेख चपन्ना सडकको काम नगरी मिलेमतोमा रकम भुक्तानी दिइ अनियमितता गरेकोबारे उजुरी परेको थियो ।

उजुरीका आधारमा छानबिन गर्दा अनियमितता गरेको पाएपछि सातैजनाविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ७:१२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया