बागमती प्रदेश सभाको बैठक बस्दै

बागमती प्रदेश सभाको दशौँ अधिवेशन बैठक आज बुधबार  दिउँसो १ बजे बस्ने भएको छ । आजको प्रदेश सभाको बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेका केही अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार लफलफ भई प्रतिवेदनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेश सभाका सबै सदस्यलाई असार २९ गते हुने बैठकमा सहभागी हुन सूचना सम्प्रेषण गरिएको छ । बागमती प्रदेश सभाको बैठक यसअघि असार १६ गते बसेको थियो । उक्त बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७९/८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ९:८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया