बिर्को लगाएको बोतलमा कसरी पस्यो माकुरो ? उद्योग सञ्चालक भन्छन्– यो सबै प्रोपोगान्डा हो

कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको ‘सिल प्याक’ पानी बोतलमा माकुरो भेटिएको छ । आकाशगंगा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरियाले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो । 

टीकापुरमा रहेको बिभोर मेडिकलमा ग्राहकले पानी मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक सञ्जय भण्डारीले बताए । ‘एकजनाले पानीको बोतल माग्नुभयो, हामीले दियौँ, बोतलको पिँधमा माकुरो देखियो,’ भण्डारीले भने, ‘पानीको सिल प्याक बोतलमा माकुरो भेटिएपछि उत्पादक कम्पनीलाई खबर गर्दा त्यसलाई बेवास्ता गर्नुभयो र स्वीकार गर्नुभएन ।’ 

आकाशगंगा इन्ड्रस्टिजका सञ्चालक ओमनारायण महतोले आफूले उत्पादन गरेको पानीमा त्यस्तो हुन नसक्ने दाबी गरे । उनले यो कसैले रचेको प्रोपोगान्डा भएको भन्दै व्यवसायलाई कमजोर बनाउन खेलिएको खेल भएको बताए ।

उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले ‘सिल प्याक’ पानीभित्र माकुरो देखिनु उपभोक्तामाथिको गम्भीर लापरबाही भएको बताए । ‘यो उपभोक्तामाथिको गम्भीर लापरबाही हो । यस्तो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ,’ उनले भने ।





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १०:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया