संघीय सरकारबाट बझाङलाई साढे ३३ करोड बजेट, कुन स्थानीय तहलाई कति?

संघीय सरकारले बझाङका १२ वटा स्थानीय तहलाई ३३ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विनियोजित सो रकम संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहलाई बाँडफाँड गरेको हो । 

बाँडफाँड गरिएको रकममध्ये सबैभन्दा बढी बुंगल नगरपालिकाले पाएको छ । यो नगरपालिकाले ३ करोड ६१ लाख रुपैयाँ स्वास्थ्यतर्फको बजेट हात पारेको छ भने सबैभन्दा कम साइपाल गाउँपालिकाले १ करोड २४ लाख रुपैयाँ पाएको छ ।

यस्तै, जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा र खप्तडछान्ना गाउँपालिकाले समान ३ करोड २९ लाख रुपैयाँ पाएका छन् । थलारा गाउँपालिकाले ३ करोड २८ लाख, मष्टाले २ करोड ५१ लाख, बित्थडचिरले २ करोड ५२ लाख, तलकोटले २ करोड ४९ लाख, केदारस्युँले ३ करोड ३२ लाख, दुर्गाथली गाउँपालिकाले २ करोड ८ लाख र सुर्मा गाउँपालिकाले १ करोड ८४ लाख रुपैयाँ प्राप्त गरेका छन् । 

सरकारले यो रकम सशर्त अनुदानस्वरूप स्थानीय तहहरूलाई उपलब्ध गराएको हो । यो बजेटबाट नेपाल सरकारका स्वास्थ्यका नियमित कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १३:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया