गगनले मौद्रिक नीतिबारे सुझाव दिँदै गभर्नर अधिकारीमाथि गरे व्यङ्ग्य
'मेरो सुझाव गभर्नरलाई हो, एमाले अर्थ विभागका मिस्टर एम अधिकारीले मलाई हो भनी नबुझ्नु'

प्रतिनिधिसभाको बैठकमा सत्तारूढ नेपाली कांग्रेसका सांसदले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएका छन् । 

कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले मौद्रिक नीतिसँग जोडेर केही सुझाव दिँदै अधिकारीमाथि व्यङ्ग्य पनि गरेका छन्  । 

तरलताको अभाव, चुलिँदा व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकासिँदो मूल्यबृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने सुझाव थापाले दिए । 

सुझावको अन्त्यमा व्यङ्ग्य गर्दै थापाले आफूले दिएको सुझाव राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भएको तर नेकपा एमालेको अर्थ योजना विभागका एम अधिकारीले हो भनेर नबुझ्न आग्रह गरे । 

एमालेको अर्थ योजना विभागमा एम अधिकारी, खोटाङ भनिएका व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको चर्चा चलेको बेला थापाले यस्तो व्यङ्ग्य गरेका हुन् । 

'शेयर बजारमा सुधार गर्ने भनेर ४/१२ को नीति ल्याइयो । सरले ठूला घरानालाई पोस्ने, सानोलाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याउनुपर्छ । यसलाई सच्याइएन, बन्द गरिएन भने लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा आइपुग्छन् । मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु' उनले भने ।
 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १३:३४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया