नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गर्ने भएका छन् । उनको सचिवालयका अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तामा प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन् ।
उनी भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने सचिवालयले जनाएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय भेटवार्ता पनि गर्ने बताइएको छ ।
अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।