ललितपुरको हात्तीवनमा ट्रकमा स्कुटर ठोक्किदा युवकको मृत्यु
फरकधार / ३० असार, २०७९

ललितपुरको हात्तीवनमा ट्रकसँग ठोक्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका–५ लेले घर भई हाल नख्खु बस्ने स्कुटर चालक करिब २० वर्षीय सुरेश मोक्तान रहेका छन् । 



गएराति पौने १ बजे मोक्तानले चलाएको बाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर अनियन्त्रित भएर रोकी राखेको ०१–००५ख ९४७५ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको हो । 





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १०:१६:२४,   अन्तिम अपडेट : असार ३०, २०७९ बिहीबार १०:१७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया