‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित

निर्देशक समुन्द्र भट्टको नयाँ फिल्म ‘गुलाबी’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् ।

प्रि–प्रोडक्सनमा रहेको यो फिल्ममा हालै अभिनेता नाजिरलाई अनुबन्ध गरिएको छ । नाजिर फिल्ममा मुख्य अभिनयमा रहनेछन् । नाजिरबाहेक अन्य कलाकारहरूको टुंगो लाग्न बाँकी रहेको र केही कलाकार अडिसनबाट छनोट गरिने बताइएको छ । यो बीचमा कलाकार विशाल पहाडीसँग भने सम्झौता भइसकेको छ ।

निर्देशक भट्टका अनुसार फिल्मको लागि नाजिरले कम्तिमा १५ केजी तौल घटाउनुपर्नेछ । स्क्रिप्टअनुसार नाजिरलाई ५० केजी तौलको पात्रमा तयार हुनुपर्नेछ ।

भदौ अन्तिममा छायांकनमा जाने लक्ष्यकाबीच निर्माण टिम तयारीमा जुटेको छ । फिल्मलाई आलोक शुक्लाले खिच्नेछन् । फिल्मले उठाउने कथावस्तुको बारेमा निर्माण टिमले आधिकारिक रूपमा कुनै पनि तथ्य बाहिर ल्याएको छैन ।

क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले केही वर्षअघि फिल्म ‘आधा पेज’ निर्देशन गरेकी थिइन् ।





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १५:८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया