आरआर क्याम्पसअघि गभर्नर अधिकारीको राजीनामा माग्दै प्रदर्शन [तस्वीरहरू]

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध प्रदर्शन गरिएको छ । सत्तारूढ दल माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका कार्यकर्ताहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।

गभर्नर अधिकारीविरुद्ध क्रान्तिकारीका कार्यकर्ताले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले प्रदर्शनका क्रममा गभर्नर अधिकारीको राजीनामासमेत मागेका थिए ।

उनीहरूले विरोध प्रदर्शनका क्रममा 'अर्थतन्त्र तहसनहस पार्ने एम अधिकारी गभर्नर राजीनामा दे', 'पार्टीको कार्यकर्ता गभर्नर बालकोट जा'लगायत लेखिएका प्लेकार्डसमेत बोकेका थिए ।





 

  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १८:४७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया