आज भारत जाँदै प्रचण्ड, यस्तो छ भ्रमण तालिका

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् । 

भारतमा रहँदा प्रचण्डले भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता गर्नेछन् । यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ ।

तीन दिने भारत भ्रमणको क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच पनि भेटवार्ता तय भएको छ । यस्तै, भारतका विदेश मन्त्री डा. एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट भने अहिले निश्चित भइसकेको छैन । प्रचण्डले दिल्ली बसाइको क्रममा एक सेमिनारमा प्रमुख वक्ताको रूपमासमेत सहभागी हुने बताइएको छ ।

त्यस्तै, दिल्लीस्थित नेपाली राजदूतावासले प्रचण्डको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछ । उनका स्वकीय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणमा आउन निम्तो दिएको बताए ।





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार ६:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया